images

Jun 14 2024 | २०८१, असार १ गते

प्रतितोला १३ सयले बढ्यो सुनको मूल्य

प्रतितोला १३ सयले बढ्यो सुनको मूल्य

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १२ २०८०
  • प्रतितोला १३ सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ । सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ थियो । आज १ लाख २२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन पनि प्रति तोला १३ सय रुपैयाँले नै बढेको महासंघले जनाएको छ।

    images
    images

    बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँ थियो भने बिहीबार १ लाख २१ ह्जार ४ सय रुपैयाँ पुगेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १४७५ रुपैयाँ थियो । छापावाला सुन १० ग्रामको मूल्य १ लाख ४ हजार ५९५ रुपैयाँ पुगेको छ ।

    तेजावी सुन १० ग्रामको मूल्य १ लाख ४ हजार ८०रुपैयाँ पुगेको हो । चाँदी १० ग्रामको मूल्य १ हजा २७७ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार