images

May 02 2024 | २०८१, वैशाख २० गते

सुहाङलाई जिताउन ओली इलामतर्फ प्रस्थान

सुहाङलाई जिताउन ओली इलामतर्फ प्रस्थान

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ४ २०८१
  • सुहाङलाई जिताउन ओली इलामतर्फ प्रस्थान

    काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी अभियानका लागि इलाम प्रस्थान गरेका छन् । उनी मंगलवार बिहान काठमाडौंबाट झापाको चन्द्रगढी विमानस्थलहुँदै इलामतर्फ लागेका हुन् ।

    images
    images

    पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग पत्नी राधिका शाक्यसँगै पार्टीका अन्य नेता पनि इलामका लागि हिँडेका छन् । उनी पार्टीको तर्फबाट उम्मेदवार बनेका सुहाङ नम्वाङलाई जिताउन इलाम गएका हुन् ।

    इलाम–२ मा एमालेका उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङको निधनपछि रिक्त रहेको ठाउँमा यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।

    एमालेका उम्मेदवार सुहाङ नेम्वाङका छोरा हुन् । इलाम– २ मा सुहाङका मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूलगायत छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार