images

May 02 2024 | २०८१, वैशाख २० गते

आँधी र बाढीका कारण दुबई विमानस्थल अस्तव्यस्त, सयौं उडान रद्द

आँधी र बाढीका कारण दुबई विमानस्थल अस्तव्यस्त, सयौं उडान रद्द

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
  • आँधी र बाढीका कारण दुबई विमानस्थल अस्तव्यस्त, सयौं उडान रद्द

    आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को मुख्य विमानस्थल अस्तव्यस्त बनेको छ । विश्वको दोस्रो व्यस्त विमानस्थल अस्तव्यस्त बनेपछि उडानहरू अवरुद्ध छन् । धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएको बीबीसीले जनाएको छ ।

    images
    images

    उडान अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका छन् । बुधबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २९० उडान रद्द भएका थिए । त्यस्तै ४४० भन्दा धेरै उडान ढिला भएका थिए । मंगलबारको मुसलधारे वर्षा र बाढीले प्रभावित वित्तीय केन्द्र दुबईका ठूला राजमार्ग पनि बाढीले अवरुद्ध भएका छन् ।

    युएई, ओमान, बहराइनलगायतका देशमा पछिल्लो आँधीले बालबालिकासहित २० जनाभन्दा धेरैको ज्यान गएको छ । यूएईमा ७५ वर्षयताकै ठूलो पानी परेको हो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार