images

May 02 2024 | २०८१, वैशाख २० गते

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, एमालेले टुंग्यायो मन्त्री

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, एमालेले टुंग्यायो मन्त्री

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
  • लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, एमालेले टुंग्यायो मन्त्री

    काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याएको छ ।रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्न खत्रीलाई सरकारमा पठाउने निर्णय भएको लुम्बिनी संसदीय दलका नेता लीला गिरीले जानकारी दिए ।

    images
    images

    ढकाललाई शहरी विकास, पन्थीलाई गृह, खत्रीलाई सामाजिक विकास र केसीले वन मन्त्रालयको जिम्मेवारी पाउने सत्ता गठबन्धनको दलहरूबीच सहमति भएको छ ।

    यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

    मन्त्रीहरूको बिहीबार बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार