images

May 02 2024 | २०८१, वैशाख २० गते

फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
  • फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

    काठमाडौँ  । ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेविरूद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको छ। 

    images
    images

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुरोधमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। 

    उनका अनुसार चलाउनेविरूद्ध केही समयअघि नै नोटिस जारी भइसकेको हो। इन्टरपोलले उनीविरूद्ध फेब्रुअरी २३ तारिखमा नोटिस जारी गरेको हो। यसरी नोटिस जारी भएको लामो समय बित्दा पनि उनी पक्राउ परेका छैनन्।

    जीवन चलाउने र चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङको निरन्तर संवाद भएको देखिएको थियो। दावा पनि ६० किलो सुन प्रकरणका मुख्य अभियुक्त हुन्। उनी भने हाल कारागारमा छन्। 

    सुन तस्करीको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले सिआइबीले जीवन चलाउनेलाई छाडेको भनेर कमजोरी समेत औल्याएको थियो। सिआइबीले चलाउनेलाई सिआइबीकै कार्यालयमा बोलाएर बयान लिएको तर पछि फरार बनाएको भन्दै अनुसन्धान अधिकृतहरूलाई कारबाही गर्न सिफारिस गरेको थियो। 

    आयोगले प्रतिवेदन बुझाएसँगै तत्कालीन अनुसन्धान अधिकृत रहेका एसपी संजयसिंह थापा, डिएसपी दुर्गा दाहाल, डिएसपी रूगम कुँवरलगायतलाई सिआइबीबाट प्रधान कार्यालय सरूवा गरेको थियो। 

    त्यस्तै सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यलाई पनि जिम्मेवारीबाट हटाएर एआइजी श्याम ज्ञवालीलाई प्रमुखको जिम्मेवारी दिइएको थियो।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार