Sep 28 2024 | २०८१, असोज १२ गते

यस्तो छ ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ (पूर्णपाठसहित)

यस्तो छ ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ (पूर्णपाठसहित)

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १० २०८१
  • यस्तो छ ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ (पूर्णपाठसहित)

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

    images
    images

    बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

    विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति २०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ । नेपाल सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रहेको बैंकले जनाएको छ ।

    विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ०.७ प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । यसै गरी वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार