Sep 19 2024 | २०८१, असोज ३ गते

रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकी आरोप

रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकी आरोप

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ७ २०७९
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ७ २०७९
  • रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकी आरोप

    काठमाडौँ । रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड दिइन् ।

    images
    images

    उपराष्ट्रपति ह्यारिसले अन्तर्राष्ट्रिय कानुन  कमजोर भएमा अन्य अधिनायकवादी सरकारहरूले फाइदा उठाउने जोखिम बढ्छ भन्दै अन्तर्राष्ट्रिय समुदायले त्यस्ता अपराधविरुद्ध कारबाही हुनुपर्ने आवश्यकता औँल्याएको बताइन् ।

    रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उनले  हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरेकी छन् ।  । 

    वाइडेन प्रशासनले गत मार्चमा औपचारिक रूपमा रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको र अपराधीहरूलाई आफ्ना सहयोगीसँग मिलेर कारबाही गर्ने बताएको थियो ।

    रुसले युक्रेनमा मानवताविरुद्धको अपराध व्यवस्थित रूपमा गरिरहेका दृष्टान्त प्रस्तुत गर्दै उपराष्ट्रपति ह्यारिसले रुसी अधिकारीहरूले युक्रेनबाट बालबालिकासहित हजारौँ मानिसलाई जबरजस्ती निर्वासित गरेको बताइन् । उनले बालबालिकाहरूलाई निर्ममतापूर्वक परिवारबाट अलग गराइएको उल्लेख गरीन् । 


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार