पहिरोले अवरुद्ध मुग्लिङ नारायणगढ सडक खुल्यो
पहिरोले अवरुद्ध मुग्लिङ नारायणगढ सडक खुल्यो
चितवन । पहिरोले अवरुद्ध नौविसे– मुग्लिङ–नारायणगढ सडक खुलेको छ । लामो समयपछि स्थानीय र प्रहरीको सक्रियतामा एकतर्फी सडकखण्ड खुलाउन सफल भएको इलाका प्रहरी कार्यल मुग्लिङका प्रहरी निरीक्षक सुन्जित तामाङ्गलाई उदृत गर्दै एभरेष्ट हेडलाइन्सका संवाददाता दानबहादुर गुरुङले बताए ।
गएराति भएको अविरल वर्षाका कारण मुग्लिङ– नौबिसे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध थियो ।
गएराति देखि अवरुद्ध रहेको सडक एकतर्फी खुलाएपनि साना गाडीले लेन अनुशासन पालना नगर्दा थप समस्या भएको छ । तर मुग्लिन नारायणगढ सडक भने यति दुवै तर्फ खुलाइएको सडक विभाग र इलाका प्रहरी कार्यलय मुग्लिङले जनाएको छ ।