Sep 19 2024 | २०८१, असोज ३ गते

टुकुचामा फेरि डोजर चलाउने बालेनको संकेत, भने- अदालतको फैसलाको पूर्णपाठले बाटो खुला गर्‍योे

टुकुचामा फेरि डोजर चलाउने बालेनको संकेत, भने- अदालतको फैसलाको पूर्णपाठले बाटो खुला गर्‍योे

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २४ २०८०
  • टुकुचामा फेरि डोजर चलाउने बालेनको संकेत, भने- अदालतको फैसलाको पूर्णपाठले बाटो खुला गर्‍योे

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले उच्च अदालत पाटनको फैसलाले टुकुचा ढल होइन, खोला नै हो भन्ने प्रमाणित गरेको दाबी गरेका छन्। उनले अब टुकुचामा फेरि डोजर चलाउने संकेत गरेका छन्। 

    images
    images

    टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर बनाइएको भन्दै मेयर शाहले डोजर लगाएर उत्खनन गर्न थालेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोला विक्रम थापाले उच्च अदालतमा रिट निवेदन दिएका थिए। जसमा सुनवाइ गर्दै गत असोजमा अदालतले टुकुचा खोलामाथि बनेका घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो। 

    तर केही दिनअघि सार्वजनिक उच्च अदालतको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक रूपमा फर्काउने बाटो खुला गरेको दाबी गरेका छन्। 

    उनले फेशबुकमा लेखेका छन्, ‘केही दिनअघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ’, मेयर शाहले लेखेका छन्, ‘टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ।’

    अब टुकुचा खोलाको क्षेत्राधिकारभित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुनबमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुनेगरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउने उल्लेख गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट