Sep 19 2024 | २०८१, असोज ३ गते

एउटै समस्या दाेहाेरिए पछि श्री एयरलाइन्सकाे विमानलाई लगायाे प्रतिवन्ध

एउटै समस्या दाेहाेरिए पछि श्री एयरलाइन्सकाे विमानलाई लगायाे प्रतिवन्ध

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २६ २०८०
  • एउटै समस्या  दाेहाेरिए पछि श्री एयरलाइन्सकाे विमानलाई लगायाे प्रतिवन्ध

    श्री एयरलाइन्सका जहाज ग्राउण्डेड

    images
    images

     तीन दिनको बीचमा एउटै जहाजमा एउटै समस्या देखिएको भन्दै श्री एयरको नाइन एन एएनई कलसाइन भएको डीएचसी-८-४०२ जहाजको उडानमा प्रतिबन्ध लगाइएको छ।

    सोमबार बिहान ९ बजेर ४० मिनेट जाँदा काठमाडौंबाट भैरहवाका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएको भन्दै भैरहवामा नै फर्काएर सुरक्षित अवतरण गराइए पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले साे विमान उडानमा प्रतिवन्ध लगाएकाे हाे । 

    चालक दलका सदस्यसहित ८१ जना यात्रु बोकेको जहाज सुरक्षित अवतरण भए पनि जहाज रनवेमा नै अड्किएको थियो। गेयरमा समस्या देखिएको जहाजको नोज ह्विल लक भएपछि रनवेमा रोकिएको हो। 

    नोज ल्याण्डिङ गेयरमा समस्या रनवेमा रोकिएको जहाजलाई पछि तानेर पार्किङ वेसम्म पुर्‍याइएको थियो।

    शनिबार पनि धनगढी विमानस्थलमा सो जहाजमा यही समस्या देखिएको प्राधिकरणले जनाएको छ। बारम्बार एउटै जहाजमा एकै प्रकृतिको समस्या देखिएपछि प्राधिकरणले उक्त जहाज उडानमा प्रतिबन्ध लगाएको हो।

    प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो। 

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

    जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो। अवतरणका क्रममा धावनमार्गमै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार