Sep 17 2024 | २०८१, असोज १ गते

तीनपिप्ले–बञ्चरेडाँडा सडक निर्माण सम्पन्नः फाेहाेर लान समस्या नहुने

तीनपिप्ले–बञ्चरेडाँडा सडक निर्माण सम्पन्नः फाेहाेर लान समस्या नहुने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १२ २०८०
  • तीनपिप्ले–बञ्चरेडाँडा सडक निर्माण सम्पन्नः फाेहाेर लान समस्या नहुने

    तीनपिप्ले–बञ्चरेडाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का पाएको प्रचण्डकाे घरबेटीकाे  शैलुङ कन्सट्रक्सनकाे ठेक्का रद्द गरी नयाँ ढंगले काम थालेपछि सडक  निर्माण सम्पन्न भएकाे 

    images
    images

    छ । 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदा अधिकारीको कम्पनी शैलुङ्ग कन्सट्रक्सनसँगको ठेक्का सडक विभागले रद्द गरेपछि कम्पनीले गत असार ८ गते ठेक्का रद्ध गर्ने सडक विभागको निर्णयविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले पनि रद्दलाई कार्यान्वयन गरेपछि फास्ट ट्रयाकमा साे सडक बनेकाे हाे । 

    सडक बनेपछि वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजानबाट नरोकिने भएको छ।

    विगतका वर्षहरूमा  वर्षाको समयमा कच्ची सडक बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो। 

    पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्रयाक’ बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इञ्जिनियर सागर भण्डारीले बताए। उनले भने,‘मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ काम सुरु गरेर चार महिनाभित्रै सकाइएको हो।’

    सडक विभागले एक दशक पहिले बालाजु-रानीपौवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो। पटकपटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोड्‍न सडक विभाग बाध्य भएकाे थियाे ।  

    पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ। सो खण्डको सडक झन्डै साढे चार किमी लामो छ। 

    लामो समयदेखि अवरुद्ध सडकका कारण त्यहाँका नागरिकले दुःख पाइरहेका थिए। वर्षाका कारण सडक भासिने र फोहर बोकेका गाडी जान नसक्दा बर्सेनि फोहरका गाडी फर्कने गरेका थिए।

    बालाजु-त्रिशूली-छहरे सडकमा बालाजु-त्रिशूली दुई ठेक्का र त्रिशूली-छहरे एउटा ठेक्का गरी तीन वटा ठेक्का गरिएको थियो। तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ। बालाजु-त्रिशूली ५५ किमी र त्रिशूली-छहरे ११ किमी गरेर यो योजनाले ६६ किमी सडक योजनाको कार्यक्षेत्रमा परेको छ। यी तीनै कम्पनीसँग २०७०/७१ सालमा ठेक्का सम्झौता गरिएको थियो।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार