Sep 19 2024 | २०८१, असोज ३ गते

बालेनले ग्रेटर नेपालकाे नक्शा हालेपछि भारतीय मिडियामा हलचल

बालेनले ग्रेटर नेपालकाे नक्शा हालेपछि भारतीय मिडियामा हलचल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २६ २०८०
  • बालेनले ग्रेटर नेपालकाे नक्शा हालेपछि भारतीय मिडियामा हलचल

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ग्रेटर नेपालको नक्शा आफ्‍नाे कार्यालयमा राखेपछि भारतीय मिडियामा हलचल उत्पन्न भएको छ । 

    images
    images

    नक्शालाई लिएर भारतका सामाजिक सञ्जालहरु पनि तातिएका छन् । 

    भारतमा गोडी मिडियाको उपमा पाएका भारतीय च्यानलहरुले त ठूलो मशला पाएका छन् । उनीहरुले आफ्नो टीआरपी बढाउने अवसरका रुपमा यसको दुरुपयोग गर्न थालेका छन् । 

    चर्का चर्का स्वरमा बोल्दै नेपालीहरुलाई भारतप्रति घृणा उत्पन्न हुने गरी र भारतीयलाई नेपाललाई पेलेरै लानुपर्छ भन्ने भावना उत्पन्न हुने गरी मिडियाहरुले बहस कार्यक्रमहरु छेडेका छन् । 

    टीभी च्यानलहरुले २-३ सय रुपैयाँमा पाइने कलाकारहरुलाई सीमाविद् भन्दै स्क्रिप्टका आधारमा बोल्न लगाएको आरोप भारततिर नै उठ्न थालेको छ ।

    भारतले विवादास्पद अखण्ड भारतको नक्शा हालेपछि काठमाडौंका मेयरले विशाल नेपालको नक्शा लगाएका हुन् । 

    बालेनले नक्शा राखेपछि भारतीयहरुलाई नेपालको इतिहास र भारतको इतिहास पढ्न वाध्य पारेको छ । जसले गर्दा नेपाल हजारौं वर्षदेखि अस्तित्वमा रहेको र भारतभन्दा पुरानो देश भनेर बुझ्न भारतीयलाई सजिलो बनाएको छ । 


    भारतीय मिडियाले केके लेखे हेरौं केही लिंक

    https://www.timesnownews.com/india/akhand-bharat-map-row-escalates-as-kathmandu-mayor-places-map-of-greater-nepal-in-his-office-article-100849870

    https://navbharattimes.indiatimes.com/world/asian-countries/india-akhand-bharat-map-in-new-parliament-nepal-response-kathmandu-mayor-places-map-of-greater-nepal/articleshow/100850935.cms

    https://www.abplive.com/news/world/india-akhand-bharat-map-kathmandu-mayor-put-greater-nepal-map-include-up-gorakhpur-bihar-hajipur-2427357

    https://navbharattimes.indiatimes.com/world/asian-countries/india-akhand-bharat-map-in-new-parliament-nepal-response-kathmandu-mayor-places-map-of-greater-nepal/articleshow/100850935.cms

    https://www.bhaskar.com/international/news/akhand-bharat-map-controvesy-nepal-kathmandu-mayor-balendra-shah-greater-nepal-map-131384408.html

    https://www.newsnationtv.com/india/news/in-repone-to-india-new-map-kathmandu-mayor-place-map-of-greater-nepal-378172.html


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार