Sep 19 2024 | २०८१, असोज ३ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल र रेशम चौधरीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र रेशम चौधरीबीच भेटवार्ता

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २९ २०८०
  • प्रधानमन्त्री पुष्पकमल दाहाल र  रेशम चौधरीबीच भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । आज (सोमबार) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठसहितको टोलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

    images
    images

    भेटवार्तामा नाउपाले सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीको सहमतिलाई स्मरण गराएको छ । पूर्व सहमतिबाट सरकार पछाडि हट्न नमिल्ने उनीहरुको माग छ । प्रधानमन्त्रीसँगको भेटवार्तामा सुदूरपश्चिम प्रदेशको पुनः नामाङ्कन हुनुपर्ने विषयले समेत प्रवेश पाएको छ । भेटमा प्रधानमन्त्रीले पहिचानसहितको प्रदेश नामाङ्कनमा विचार गर्न सकिने वचन दिएको बताइएको छ ।

    साथै, नाउपाले मुलुकभर देखा परिरहेको किसानको समस्यालाई बेलैमा सम्बोधन गर्न पनि प्रधानमन्त्रीको ध्यानाकार्षण गराएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार