Sep 19 2024 | २०८१, असोज ३ गते

प्रतिनिधिसभाको बैठक केहीबेरमै बस्दै

प्रतिनिधिसभाको बैठक केहीबेरमै बस्दै

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ५ २०८०
  • प्रतिनिधिसभाको बैठक केहीबेरमै बस्दै

    आज (मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दै छ।  संघीय संसद् सचिवालयका अनुसार बानेश्वरस्थित संसद् भवनमा बैठक बिहान ११ बजे सुरु हुनेछ।  आजको बैठकका लागि ८ बुँदे सम्भावित कार्यसूची तय गरिएको छ।

    images
    images

    जसअनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत  सहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा विषयमा छलफल हुनेछ। 

    यस्तै गोकुलप्रसाद बाँस्कोटाले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत सहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। 

    यसैगरी प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। 

    सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा ठाकुरप्रसाद गैरेले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् भने सूर्यबहादुर थापा क्षेत्रीले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। 

    यसैगरी डा. स्वर्णीम वाग्लेले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् भने प्रभु साहले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। 

    सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा जुलीकुमारी महतो (महासेठ) ले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार