Sep 19 2024 | २०८१, असोज ३ गते

याेगेश भट्टराईमाथि आक्रमणकाे प्रयास

याेगेश भट्टराईमाथि आक्रमणकाे प्रयास

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १४ २०८०
  • याेगेश भट्टराईमाथि आक्रमणकाे प्रयास

    नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । 

    images
    images

    प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताए । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका थिए । 

    कोशी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले इलाममा प्रदर्शन गरेका थिए । ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले एमाले नेता योगेश भट्टराईलाई कालो झन्डा देखाएका थिए ।

    पहिचानवादीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, योगेश भट्टराई मुर्दावाद लगायतका नारा लगाएका थिए ।
    उक्त कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरे र भट्टराईले सम्बोधन गर्ने कार्यक्रम थियो । 

    भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचान पक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालो झण्डा प्रदर्शन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार