Sep 19 2024 | २०८१, असोज ३ गते

सरकारले गर्‍याे भटाभट भुक्तानीः तीन दिनमा दियाे ३३ अर्ब भुक्तानी

सरकारले गर्‍याे भटाभट भुक्तानीः तीन दिनमा दियाे ३३ अर्ब भुक्तानी

काठमाडौं । सरकारले तीन दिनमा मात्रै ३३ अर्ब रुपैयाँ बराबरको भुक्तानी दिएको छ । असार नलागेसम्म काम पनि नगर्ने र भुक्तानी पनि नदिने बानी परिसकेकाे सरकारकाे कर्मचारी सयन्त्रले आर्थिक वर्षकाे अन्त्यमा पुगेपछि हरेक वर्ष जसाे भुक्तानीमा बार्गेनिङ गर्दै यसरी नै भुक्तानी दिने गरेका छन् । महालेखा नियन्त्रक कार्यालयले असार २१ गतेसम्म मात्रै भुक्तानी हुने र त्यही अनुसार गर्न कोष तथा लेखा नियन्त्रक र प्रदेश लेखा नियन्त्रकलाई निर्देशन समेत दिइसके पछि भुक्तानीकाे चाप वढाइएकाे हाे । सोही निर्देशन अनुसार यसअघि काम भएर पनि भुक्तानी रोकिएका विभिन्न परियोजनाको रकम बाेलाइ बाेलाइ भटाभट एकैपटक ठूलो रकम भुक्तानी भएको हो । गत शुक्रबार ५ अर्ब ७९ करोड ४९ लाख रुपैयाँ, आइतबार १८ अर्ब १६ करोड ७० लाख र सोमबार ९ अर्ब १२ करोड ६५ लाख रुपैयाँ बराबरको भुक्तानी भएको हो । चालु आर्थिक वर्षको साउनदेखि सोमबारसम्मको तथ्यांक अनुसार १२ अर्ब ६३ करोड १७ लाख ८६ हजार रुपैयाँ बराबरको खर्च भएको छ । ।

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १९ २०८०
  • सरकारले गर्‍याे भटाभट भुक्तानीः  तीन दिनमा दियाे ३३ अर्ब भुक्तानी

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार