Sep 19 2024 | २०८१, असोज ३ गते

उपसचिवलाई मुक्का हानेर भाईरल भएका वडा अध्यक्ष बिष्टमाथि लाग्यो पैसा खोसेको आरोप

उपसचिवलाई मुक्का हानेर भाईरल भएका वडा अध्यक्ष बिष्टमाथि लाग्यो पैसा खोसेको आरोप

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २२ २०८०
  • उपसचिवलाई मुक्का हानेर भाईरल भएका वडा अध्यक्ष बिष्टमाथि लाग्यो पैसा खोसेको आरोप


    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत उपसचिवलाई मुक्का हानेर चर्चामा आएका वडा अध्यक्ष विनाेदसिंह विष्टमाथि उपभाेक्ताकाे पैसा खाेसेकाे आराेप लागेकाे छ ।

    images
    images

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का वडा बिनोदसिंह बिष्टलाई उपभोक्ता समितिको ६ लाख ५० हजार खोसेर लिएको आरोप लागेको हाे । 

    वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ स्थित खोर्के खोलामा तटबन्धन गर्नका लागि ३० लाख बजेट थियो । उक्त तटबन्धनको काम एक महिना अगाडी सम्पन्न गरी उपभोक्ता समितिले रकम भुक्तानी लिएर कामदारहरुलाई बितरण गर्न बसिरहेका बेला वडा अध्यक्ष बिष्ट सहित बलिराज शाही र सुशिल गुरुङ रकम बितरण गर्न उपभोक्ता समितिको छलफल भएको ठाँउमा आएकाे बताइएकाे छ । 

    उपभोक्ता समितिकी सदस्य दिपा खड्काले भनिन, 'बिहिबार दिउसो २ बजेतिर उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरु छलफल गरिरहेकै स्थानबाट वडा अध्यक्ष आफैले ६ लाख ५० हजार  रुपैया राखेको व्याग समातेर भागेकाे थियाे । हामीले त्यहाँ रोक्न पनि सकेनौँ । वडा अध्यक्ष गुण्डाको शैलीमा हामी भएको ठाँउमा आएर पैसा लिएर गए ।'

    खोर्के खोला तटबन्धन योजनाका उपभोक्ता समितिले ६ लाख ५० हजार लिएर भागेका वडा अध्यक्ष बिष्टका बिरुद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी लक्ष्मणबहादुर शाहीले भने, वडा अध्यक्षले उपभोक्ता समितिको पैसा लिएर भागेको भनेर उजुरी प्राप्त भएको छ । हामीले त्यस बिषयमा सत्यतथ्य के हो भनेर छलफलका लागि दुवै पक्षलाई बोलाएका छौँ । उहाँह? आाउनुभएको छैन् । आएर छलफल भएपछि सत्यतथ्य केहो भन्ने बिषयमा थाहा हुन्छ ।
    आरोपित वडा अध्यक्ष बिनोदसिंह बिष्टले आफुलाई पैसा लिएको कुरा सत्य नभएको बताए । उनले भने, 'मेरे हैसियत ६ लाखको हो र ? म व्यनपार गर्दा १० करोड जति चुना लगाएर राजनीतिमा आएको हुँ । अझै पनि मसँग मागेपछि करोडौँ समाज सेवाका लागि दान गर्न सक्छु ।'

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार