Sep 19 2024 | २०८१, असोज ३ गते

बल्छी ध्रुब्रे, राजु मास्टर सहितका कलाकारविरुद्ध ६५ करोड बिगो दाबी मागसहित मुद्दा दर्ता

बल्छी ध्रुब्रे, राजु मास्टर सहितका कलाकारविरुद्ध ६५ करोड बिगो दाबी मागसहित मुद्दा दर्ता

एभरेष्ट हेडलाइन्स
सोमबार, असार २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असार २५ २०८०
  • बल्छी ध्रुब्रे, राजु मास्टर सहितका कलाकारविरुद्ध ६५ करोड बिगो दाबी मागसहित मुद्दा दर्ता

    बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध ६५ करोड बिगो दाबी मागसहित मुद्दा दर्ता गरिएकाे छ ।

    images
    images

    सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । यो मुद्दामा एक जना भने फरार रहेका छन् ।

    उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

    उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।

    त्यस्तै विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ । त्यस्तै एकीकृत कसुरबापत थप सजाय पनि माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार