Sep 19 2024 | २०८१, असोज ३ गते

सुन प्रकरणमा समातिएका मुख्य व्यक्तिहरु मध्यस्तकर्ता मात्रै

सुन प्रकरणमा समातिएका मुख्य व्यक्तिहरु मध्यस्तकर्ता मात्रै

अनुसन्धानको दायरा फराकिलो बनाइँदैः सुन व्यापारीमाथि अनुसन्धान

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १२ २०८०
  • सुन प्रकरणमा समातिएका मुख्य व्यक्तिहरु मध्यस्तकर्ता मात्रै

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन कारोबारमा संलग्न आरोपमा मुख्य दोषी भनिएका तीनैजना चिनियाँ, भारतीय र नेपाली प्रमुख लगानीकर्ता नभएको र उनीहरु एजेन्टमात्र भएको भन्दै अनुसन्धानलाई फराकिलो बनाइएको छ ।

    images
    images

    रेडी ट्रेडर्सका सञ्चालक भनिएका दोलखाका २१ वर्षे दीलिप भुजेलको परिवार आर्थिक रुपमा कमजोर भएका कारण प्रमुख व्यक्ति हुनै नसक्ने दावी गरिरहँदा चिनियाँ नागरिक लिन चुवाङ र तिब्बत मुलका भारतीय नागरिक थाप्तेन छिरिङ पनि एजेन्ट मात्र भएको आशंका गर्न थालिएको हो ।

    पुरानो दिल्ली घर भएका भारतीय नागरिक ५३ वर्षीय छिरिङ काठमाडौँको पानी पोखरीमा बस्दै आएको र उनी बस्ने  कम्फर्ट हाउजिङस्थित फ्ल्याटमा राजस्वले छापा मार्दा उनी एजेन्ट मात्र भएको निष्कर्षमा राजस्व अनुसन्धान विभाग पुगेको हो । उनलाई साउन ३ गते बुधबार नै पक्राउ गरेको थियो ।

    यसैंगरी चीनतर्फ भाग्नै लागेको अवस्थामा विहिवार पक्राउ परेका चिनियाँ नागरिक लिन चुवाङ पनि मध्यस्तकर्ता मात्र भएको हुनुपर्ने निष्कर्षमा प्रहरी पुगेको छ । साउन ११ गते विहीवार उनी बस्ने फ्लायटमा छापा मारेको आधारमा प्रहरी सो निष्कर्षमा पुगेको बताइएको छ ।

    नेपाल प्रहरीसँग समन्वय गरेर राजस्व अनुसन्धानको टोलीले दरबारमार्ग स्थित उत्तर ढोकाबाट पछ्याएर उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन ४ गते विहिवार नियन्त्रणमा लिएको थियो भने साउन ११ गते उनी बस्ने घरमा छापा मारेको थियो ।

    sun.jpg
    undefined

    चिनियाँ र भारतीय नागरिक अनि नेपाली ठिटो जिरेल प्रमुख लगानीकर्ता नभइकन मध्यस्तकर्ता मात्र भएको प्रारम्भिक निष्कर्ष निकाल्दै राजस्व अनुसन्धान विभागले सुन व्यापारी राकेशकुमार अडुकिया र अन्य सुन व्यापारीतर्फ ध्यान मोडेको छ । 
    यही कारणले साउन १० गते बुधबार विभागको टोलीले कमलपोखरीस्थित अडुकियाको घरमा खानतलासी गरेको थियो ।

    अडुकियाले पछिल्लो समय हङकङ, भारत र दुबईको भ्रमण गरेको भेटिएको थियो । छापा मारेको दिनमा उनी घरमा नभएकाले उनी भारत गइसकेको आशंका गरिएको छ ।

    हङकङ हुँदै नेपाल भित्रिएको सय किलो सुनको मालिक खोजिरहेको राजस्व अनुसन्धान विभागको नजर सुन व्यापारी सञ्जय बबैयातर्फ पनि मोडिएको छ ।

    हङकङ र यूएईबाट काठमाडौंमा सुन भित्र्याउने प्रमुख व्यक्तिको रुपमा उनलाई लिने गरिन्छ । प्रहरी र राजस्व अनुसन्धान विभागले उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुको समेत अनुसन्धान थालि सकेको छ ।

    उनले ल्याउने गरेको सुन कस कसले किनेको छ भनेर रेकर्ड खोतल्दै अनुसन्धान अगाडि बढाइए पनि काठमाडौंका सुनचाँदी व्यापारीहरुको निन्द्रा खराब भएको व्यापारीहरु बताउँछन् ।

    नेपालका चर्चित व्यवसायी दीपक मलहोत्रालाई सुरुदेखि नै राजस्वको निगरानीमा राखेपनि उनले आफू त्यसमा संलग्न नभएको दावी गर्दै पत्रकार सम्मेलन गरिसकेका छन् ।

    सुन तस्करीमा जोडिएका व्यापारीहरु राकेश अडुकिया, दीपक मलहोत्रा र बबैयामाथि प्रहरी र राजस्व अनुसन्धान विभागले थप निगरानी बढाएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।

    गत साउन ३ गते बुधबार ब्रेक सुको आवरणमा सय किलो सुन त्रिभुवन विमान स्थलको भन्सार पास गरेर बाहिर गएपछि पक्राउ गरेसँगै राजस्व अनुसन्धान विभागले अनुसन्धानको दायरालाई बढाउँदै हङकङसम्म पत्राचार गरिसकेको छ ।  
    सुन बरामद गरिएपछि भन्सार विभागमार्फत हङकङ भन्सारलाई अनुसन्धानमा सघाउन आग्रह गरिसकेको छ ।

    नेपालको भन्सारले त मिलेमतोमा सुन पास गर्‍यो होला तर हङकङबाट कसरी आयो भने प्रश्न सार्वजनिक वृत्तमा उठ्न थालेपछि विभागले हङकङमा पत्राचार गरेको बताएको छ ।

    हङकङबाट ल्याइएको सामानमा मेनिफेस्टोमा ‘लिड विथआउट ब्याट्री’ लेखिएको र कागजातमा ‘ब्रेक सु’ भनेर लेखेर भन्सारलाई छलेको देखिएको छ ।   
    हङकङको भन्साले भने पूणर् विवरण माग गरेको र एयर वे बिलका आधारमा हङकङ भन्सारले थप अनुसन्धान गर्ने जवाफ दिएको बताइएको छ ।

    यसैंगरी राजस्व अनुसन्धान विभागले ब्रेक सु भित्र करिब एक सय किलो सुन हालेर तस्करी गरेको रेडी ट्रेडर्सले आयात गरेका अन्य सामग्रीहरुमा पनि सुन राखेर ल्याएको हुनुपर्ने आशंका गर्न थालिएको छ ।

    सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाडौंस्थित सोह्रखुट्टे गोदामबाट बुधबार बरामद गरिएका स्कुटरको ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएपछि सो आशंका गरिएको हो । विभागका अनुसार सुन झिकेपछि दुरुस्तै बनाएर ‘ब्रेक शु’लाई कार्टुनमा ‘रिप्याक’ गरेको पाइएको छ ।

    राजस्व अनुसन्धान विभागका अनुसार १ हजार ३२० थान बढी ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको बताइएको छ । १ हजार ग्राम तौलको एक थान ‘ब्रेक शु’बाट ५५५ ग्राम सुन झिकेको पाइएको बताइएको छ । समग्रमा ब्रेक शुबाट ७३२.६ केजी सुन झिकेको पाइएको छ । सुन झिकिएपछि अहिले ‘ब्रेक शु’को प्रतिथान तौल ४४५ ग्राम मात्रै छ । यो अवस्था देखेपछि विभागले सुन कसले खरिद गर्‍यो त भने एंगलमा अनुसन्धान अगाडि बढाएको हो ।


     हङकङबाट बाइकको ब्रेक सु, दार्ही काट्ने सेभर र मेकानिकल मोटर ल्याएको देखिएपछि राजस्व अनुसन्धान विभागले पानी तान्ने मेकानिकल मेसिनमा पनि सुन मिलाएर ल्याएको हुनुपर्ने आशंका गरिएको हो ।

    सामान्यतयाः पानी तान्ने मेसिनको वजन २० केजीको मात्र हुनुपर्नेमा ५२ किलो देखाइएकोले पनि शंका गरिएको हो । 
    रेडी ट्रेडर्सले मेकानिकल मोटर ताइवानको तालमड कम्पनीमार्फत ल्याएको हो । यसरी ल्याइएको मेकानिकल मोटर बजार गए की कहाँ गए भन्ने विषयमा पनि अध्ययन थालिएको छ ।

    त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका अनुसार  रेडी ट्रेडका नामबाट मात्रै अहिलेसम्म ३४ पटक सामान आइसकेको छ। त्यसमध्ये ३३ पटक हङकङबाट र एकपटक दुबईबाट सामान आएको देखिन्छ। रेडीले फरक फरक परिमाण र मूल्यका ब्रेक शु ल्याएको पाइएको छ । जसमा १६०, १२०, ८०, ६० र ४० का दरका रहेको बताइएको छ।

    रेडीले भन्सार दर समग्रमा ३ हजार ५४० अमेरकी डलर तिरेर सो सामान लगेको देखिएको । विभागले बरामद गरेको सुनसहितको ब्रेक सु आउनुअघि रेडी ट्रेडकै नाममा हङकङबाट ब्रेक सु, सेभर र मेकानिकल मोटर गरी १ हजार ९९७ केजी सामान आएको थियो।

    जसमा २ हजार ७०० थान सेभर एउटा मेकानिकल मोटर र १ हजार १८० थान ब्रेक सु ल्याइएको पाइएको छ। सेभर चीनको दोङ्गोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले पठाएको सो विवरणमा उल्लेख छ। त्यसैगरी चीनको जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले ब्रेक सु पठाए पनि नक्कली भएको विभाग स्रोतले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार