Sep 19 2024 | २०८१, असोज ३ गते

आज पाँच नदीहरूको बहाव उल्लेख्य बढ्ने

आज पाँच नदीहरूको बहाव उल्लेख्य बढ्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • आज पाँच नदीहरूको बहाव उल्लेख्य बढ्ने

    आज पाँच नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान् छ। बाढी पूर्वानुमान् महाशाखाले तमोर, तामाकोशी, सुनकोशी, कन्काई र बाग्मती नदीको बहाव उल्लेख्य बढ्ने जानकारी दिएको छ। अन्य प्रमुख तथा सहायक नदीहरूको बहाव पनि सामान्य बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images
    images

    त्यस्तै दोलखा र सिन्धुपाल्चोक भएर बहने केही स-साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। संखुवासभा, सोलुखुम्बु, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर काठमाडौं, मकवानपुर, रसुवा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, रूपन्देही, रूकुमपूर्व, रूकुमपश्चिम, जाजरकोट र आसपास भई बहने केही ससाना नदीहरूमा पनि बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।

    आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा केही तलै र सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ।

    आज दिउँसो र राति विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम र भारी वर्षाको समेत सम्भावना रहेकाले नदी तथा स-साना खोलाहरूमा बहाब बढेर हुन सक्ने क्षतिबाट बँच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार