Sep 19 2024 | २०८१, असोज ३ गते

एभरेष्ट हेडलाइन्सकर्मी अधिकारी NRNA फ्रान्सको महासचिवमा निर्वाचित 

एभरेष्ट हेडलाइन्सकर्मी अधिकारी NRNA फ्रान्सको महासचिवमा निर्वाचित 

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • एभरेष्ट हेडलाइन्सकर्मी अधिकारी NRNA फ्रान्सको महासचिवमा निर्वाचित 

    काठमाडौँ । एभरेस्ट हेडलाइन्सका फ्रान्स संयोजक महेन्द्र अधिकारी एनआरएनए फ्रान्सको महासचिवमा  निर्वाचित भएका छन् ।

    images
    images

    उनि एनआरएनए फ्रान्स  संस्थाको महासचिव पदमा निर्विरोध रुपमा सर्वसहमतिका साथ चयन भएका हुन् । 

    नेपाल स्थित स्थाइ घर तनहुँ ब्यास–९ सेराफाँटका अधिकारी बिगत २ दशक देखि यो अभियानमा जोडिएर समाज सेवा गर्दै आएका छन् ।

    चुनाव जितेपछि यसाे भनेका छन अधिकारीले...

    गैर आवासीय नेपाली संघ, समन्वय परिषद फ्रान्सको दसौं अधिवेशन (२०२३-२०२५) कार्यकालका लागि सर्वसम्मत रुपमा चयन हुनु भएका ICC सदस्य शिवराम भण्डारी ज्यू, अध्यक्ष जस्तो गरिमामय पदमा लोक बहादुर पुन ज्यू, उपाध्यक्षमा दिलिप गुरुङ ज्यू, लाल बहादुर सोडारी ज्यू, महिला उपाध्यक्ष संगीता पौडेल ज्यू, सचिव कमल काफ्ले ज्यू, सदस्य एवं प्रवक्ता राजेन्द्र बाबु श्रेष्ठ ज्यू, कोषाध्यक्ष टिका दत्त अधिकारी ज्यू, सहकोषाध्यक्ष विष्णु कुमारी तिमिल्सिना ज्यू, महिला प्रतिनिधि निर्मला शाही ज्यू, युवा संयोजक लभसन गुरुङ ज्यू, सदस्यहरू इन्द्र बहादुर बस्नेत ज्यू, दिल बहादुर नेपाली ज्यू , सूर्य बहादुर क्षेत्री ज्यू, मन बहादुर सार्की ज्यू, सामुन राइ ज्यू, सरुप शाही ज्यूहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। 

    सम्पूर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छु। जसले मलाई विश्वास गरेर NRNA फ्रान्स जस्तो गरिमामय संस्थाको महासचिव पदमा निर्विरोध रुपमा सर्वसम्मतिका साथ चयन गर्नु भएको छ। अधिवेशन स्वच्छ र सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न गराउन सफल निर्वाचन कमिटीका संयोजक ज्यू लगायत सदस्य ज्यूहरु, पर्यवेक्षक ज्युहरुको सुजबुझ पूर्ण निर्णयका लागि फेरी एकपटक आभार व्यक्त गर्न चाहन्छु। यस महत्वपूर्ण घडीमा बारम्बार सहमतिका लागि घचघच्याइ रहने संघ संस्थाका साथीहरू, सामाजिक अभियन्ता ज्युहरु लगायत पञ्जीकृत सदस्य ज्यूहरु प्रति पनि कृतज्ञता प्रकट गर्दै आफ्नो बुद्धि विवेकले भ्याए सम्म विभिन्न संघ संस्थाहरू, सामाजिक अभियन्ताहरू सँग सहकार्य गर्दै नेपाली समुदायको हक हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।

    म सम्झन चाहन्छु, मेरा मित्रहरूलाई ! 

    जहिले अगाडि बढ्ने बाटो मात्रै सिकाए, पछाडि फर्कने अनि डगमगाउने, धर्मराउने छुट दिएनन्। आभारी छु मित्रजन ! मैले जीवनमा कमाएकै त्यति मात्र हो। यो अभियानमा साथ चाहन्छु, दरिलो मात्रै होइन, अडिलो। 

    मेरी आमाले भनेका वाक्य सम्झन्छु ‘समय’ ! समय बलवान हुन्छ बाबु ! समयलाई ख्याल राखेस् ! हो रहिछ क्यारे ! आज मलाई समयले यस्तो महत्वपूर्ण ठाउँमा ल्याएर उभ्याएको छ कि, केही दिन अगाडि सम्म मैले कल्पना सम्म नगरेको कुरा मेरो सामु ल्याएर खडा गरिदिएको छ। मानौ चुनौती नै चुनौतीको विशाल पहाड ! तर मैले यसलाई अवसरको रुपमा लिएको छु। भनिन्छ नि सिकाइ नै जीवनको अमूल्य अंग हो !  त्यसैले केही सिक्न र आफूमा रहेको ज्ञानको सदुपयोग गर्नका निमित्त तपाईंहरू सामु उपस्थित भएको छु। 

    अन्तमा मलाई विभिन्न माध्यम मार्फत सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिनु हुने सम्पूर्ण प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछु। 

    एकता अनि सहकार्य, हाम्रो NRNA सबैको NRNA

    महेन्द्र अधिकारी
    महासचिव 
    गैर आवासीय नेपाली संघ, फ्रान्स 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार