images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

अर्थतन्त्र उकास्न सबै दल एक हुनैपर्छ : कांग्रेस नेता भण्डारी

अर्थतन्त्र उकास्न सबै दल एक हुनैपर्छ : कांग्रेस नेता भण्डारी

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • अर्थतन्त्र उकास्न सबै दल एक हुनैपर्छ : कांग्रेस नेता भण्डारी

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद शङ्कर भण्डारीले देशको वर्तमान अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन राजनीतिक दलहरुको साझा प्रयास आवश्यक भएको बताएका छन्। 

    images
    images
    images

    आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उनले भने, “देशको अर्थतन्त्र नाजुक अवस्थामा छ, कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको छ, ठेकेदारलाई रु ८० अर्ब दिन बाँकी छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर देशको अर्थतन्त्र सुधार गर्नुपर्छ ।”
     
    देश बनाउने कुरामा पार्टी संविधान संशोधन गरेर भए पनि एक हुनुपर्ने भनाइ उनको छ । राजनीतिक दलका नेता आफ्नो पार्टीको मूल बाटो छाडेर निजी स्वार्थ र भ्रष्टाचारमा लाग्दा जनताको आकर्षण राजनीतिप्रति शून्य प्रायः नै भएकाले अब राजनीतिक दल नयाँ ढङ्गबाट अगाडि बढ्नुको विकल्प नरहेको भनाइ उनको थियो । 

    “देश बचाउने कुरामा पार्टीहरु संविधान संशोधन गरेर भए पनि एक हुनैपर्छ”, उनले भने, “राष्ट्रिय स्वाधीनताप्रति दलहरु विचलित हुनुहुदैन ।” समाजवाद उन्मुख अर्थनीति अगालेका नेपालका नेता आफ्नो स्वार्थपूर्तिमा मात्र लागेपछि नेपाली जनताले कसरी विकास र समृद्धिको आशा गर्ने ? उनको प्रश्न थियो । राजनीतिक सङ्कटका बेला दलहरुकै नेताबाट आपाराधिक क्रियाकलाप र भ्रष्टाचारका घटना बाहिर आउँदा जनतामा झनै बढी राजनीतिक वितृष्णा जागेको उनले बताए ।  

    नयाँ गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि कुनै शक्ति केन्द्रबाट चलेको छ भन्ने कुरा केही समयपछि जनताले नै स्पष्ट रुपमा थाहा पाउने भनाइ उनको छ । 
    नेपाललाई धर्म निरपेक्षता राष्ट्र घोषणा गर्दादेखि नै नेपाल कमजोर भएको र देशप्रतिको स्वाधिनता हराउँदै गएको जिकिर गर्दै उनले संविधान संशोधन गरेर भए पनि देशलाई सनातन वैदिक हिन्दू राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार