सहकारी पीडितहरुकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप
सहकारी पीडितहरुकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप
काठमाडौं । सहकारीबाट पीडित भएकाहरुले गरेको सडक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बिजुलीबजारको आर्क ब्रिजमा सहकारीपीडितले सडक अवरुद्ध गर्न खोज्दा प्रहरी र पीडितबीच धकेलाधकेल भएको छ । जसमा १०/१५ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर भएको र अस्पताल लगिएको छ ।
पीडितहरू लामो समयदेखि माइतीघर मण्डलमा आन्दोलनमा थिए । उनीहरूले सडक प्रदर्शनसमेत थालेका छन् । काठमाडौंमा विभिन्न स्थानबाट आएका पीडितहरु विभिन्न नारा लगाएका प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन् ।