images

Dec 01 2023 | २०८०, मंसिर १५ गते

images

सांसदले कागको हमला झेल्नु परेपछि...

सांसदले कागको हमला झेल्नु परेपछि...

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • सांसदले कागको हमला झेल्नु परेपछि...

    भारतको राजधानी नयाँदिल्लीमा एकजना सांसदले कागको हमला झेल्नु परेको छ।


    आम आदमी पार्टी सांसद राघव चड्ढा हालै संसद् परिसरमा एक मुस्किलमा फसे।

    एक कागले उनीमाथि अचानक आक्रमण गर्‍यो। जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

    तस्विर बाहिरिएपछि मानिसहरुले सामाजिक सञ्जालमार्फत राघवको अवस्थाबारे सोधपुछ गरेका छन्। .

    अर्कातिर भारतीय जनता पार्टीले यसलाई लिएर सांसद राघव र आम आदमीमाथि कटाक्ष गरेको छ।

    भाजपाको दिल्ली इकाईले आफ्नो ट्विटर ह्यान्डलमा राघव चड्ढाको उक्त तस्विर शेयर गर्दै कटाक्ष गरेको छ। जहाँ लेखिएको छ, 'झुठ बोले कौवा काटे।'

    राघव चड्ढा भारतीय जनता पार्टीलाई लिएर संसद् र बाहिर पनि निक्कै आक्रमक देखिन्छन्। 

    सोमबार आम आदमी पार्टीका सांसद सञ्जय सिंहलाई मनसुन सत्रका लागि निलम्बित गरिँदा राघवले कयौँ प्रश्न उठाएका थिए। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार