Sep 19 2024 | २०८१, असोज ३ गते

काठमाडौंमा हल्का वर्षाको सम्भावना, यस्तो छ आजको देशभरिकाे मौसम !

काठमाडौंमा हल्का वर्षाको सम्भावना, यस्तो छ आजको देशभरिकाे मौसम !

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • काठमाडौंमा हल्का वर्षाको सम्भावना, यस्तो छ आजको देशभरिकाे मौसम !

    आज (शुक्रबार) देशभर मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा कतिपय स्थानमा भारी वर्षा र हावाहुरीको समेत सम्भावना रहेकाले सजगता अपनाउन सुझाव दिइएको छ।

    images
    images

    महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै लुम्बिनी, गण्डकी र बागमती प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

    बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा पनि आज दिनभर मौसम बदली (आकाशमा बादल) र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज काठमाडौं उपत्यकामा हल्का वर्षाको मात्र सम्भावना छ।

    आज काठमाडौं उपत्यकाको मौसम आंशिकदेखि सामान्यसम्म बदली हुने देखिन्छ’, उनले भने, ‘दिउँसो, अपराह्नतिर हल्का वर्षाको सम्भावना छ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट