Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि छानविन गर : रवि लामिछाने

माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि छानविन गर : रवि लामिछाने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि छानविन गर : रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले यस्ताे बताएका हुन् ।

    images
    images
    images

    उनले कर्मचारीलाई छानबिन गरिएको तर मन्त्रिपरिषदबाट नीतिगत निर्णय गराउने तत्कालीन प्रधानमन्त्रीहरूलाई छानबिन नगरिएको भन्दै पूर्वप्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिने प्रावधान छ कि भन्ने प्रश्न गरे ।

    उनले भने, ‘निर्णय गर्ने मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुहुने प्रधानमन्त्रीद्वयलाई चाहीँ छानबिन गर्नुपर्ने हो कि होइन ? प्रधानमन्त्री भइसकेका मान्छेलाई प्रधानमन्त्री भएका आधारमा छानबिनमै सहभागी नहुनुपर्ने त्यस्तो उन्मुक्तिको पनि काहीँ प्रावधान छ कि ? एकदम स्पष्ट रुपमा मैले यो कुरा राख्न चाहेँ ।’

    लामिछानेले आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्नुपर्ने र ‘नो भोट’ को व्यवस्था पनि लागू गर्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट