Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

विश्वम्भरप्रसाद श्रेष्ठ कामु प्रधानन्यायाधीशमा

विश्वम्भरप्रसाद श्रेष्ठ कामु प्रधानन्यायाधीशमा

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • विश्वम्भरप्रसाद श्रेष्ठ कामु प्रधानन्यायाधीशमा

    काठमाडौँ । उमेरहदका कारण हरिकष्ण कार्कीको अवकास भएपछि सर्वोच्च अदालतको नेतृत्व आइतवारदेखि विश्वम्भर श्रेष्ठले सम्हालेका छन् । संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठतम् न्यायाधीश श्रेष्ठले आइतवारदेखि कामु प्रधानन्याधीशको जिम्मेवारी सम्हालेका हुन् ।
    बिहीवार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गर्दै सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाएको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

    images
    images
    images


    सुनुवाइ समितिको बैठक बसेर प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने र सुनुवाइ गर्ने लगायत प्रक्रिया पूरा गर्न झण्डै ३ साता लाग्ने संसद् सचिवालय स्रोतले जानकारी दियो ।  त्यो बेलासम्म सर्वोच्च कामुको जिम्मामै रहने छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार