Sep 19 2024 | २०८१, असोज ३ गते

समृद्ध र हरियो नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन : वनमन्त्री महतो

समृद्ध र हरियो नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन : वनमन्त्री महतो

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • समृद्ध र हरियो नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन : वनमन्त्री महतो

    काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. विरेन्द्रप्रसाद महतोले वन संरक्षण ठूलो चुनौतीको रुपमा रहेको बताएका छन् । आईतबार राउण्ड टेबल नेपालको आयोजनामा काठमाडौँको टेकुमा आयोजित १ लाख वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले वृक्षारोपण गर्ने गरिए पनि त्यस्को संरक्षण चुनौती बनेको बताएका हुन् । 

    images
    images

    उनले भने, 'वन लगाउन सफल भयौं तर अब त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरा ठूलो चुनौतीको रुपमा रहेको छ । अहिले पनि जंगलभित्र काठहरु छन्। त्यसको प्रयोग गर्न सकिरहेका छैनौं । बाहिरबाट काठहरु मगाउनु परिरहेको छ । समृद्ध र हरियो नेपाल बनाउने तपाईहरुको सोंच र लक्षका कार्यहरु छ, त्यसबाट सरकारपछि हट्दैन । तपाईहरुले जुनसुकै वेला पनि तपाईहरुलाई चाहिएको सहयोग गर्न  तयार छौं । म तपाईहरु संग छु ।'

    मन्त्री महतोले बनलाई पनि रोजगारीसंग जोडिने बनाउनु पर्ने बताएका छन् । वन तथा वनभित्र रहेका वन्यजन्तुहरुप्रति भएको द्धन्दहरुलाई न्यूनीकरण गर्न आवश्यक भएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट