Sep 19 2024 | २०८१, असोज ३ गते

मनसुन फेरि सक्रिय : आज पानी पर्ने

मनसुन फेरि सक्रिय : आज पानी पर्ने

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • मनसुन फेरि सक्रिय : आज पानी पर्ने

    काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली भई हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थान वर्षा भइरहेको छ ।

    images
    images

    काठमाडौंमा रातिदेखि नै झरी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेको महाशाखाले जानकारी दिएको छ ।

    आज दिउँसो देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी र धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । यस्तै मधेस तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । त्यसैगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी र एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुनेछ । महाशाखाकाअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमासमेत हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट