उद्योगमन्त्रीसँग युरोपेली सङ्घका राजदूतको बिदाइ भेट
उद्योगमन्त्रीसँग युरोपेली सङ्घका राजदूतको बिदाइ भेट
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले बिदाइ भेट गरेका छन् । मन्त्रालयमा आज भएको सो भेटमा मन्त्री रिजालले लगानी तथा व्यापारको क्षेत्रमा युरोपेली सङ्घले नेपाललाई पु-याएको सहयोगप्रति आभार प्रकट गरे ।
उनले नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनका लागि भविष्यमा युरोपेली सङ्घबाट अझ सहयोग प्राप्त हुने अपेक्षा गरेको मन्त्री रिजालको सचिवालयले जनाएको छ । भेटमा मन्त्री रिजालले पर्यटन, जलविद्युत्, कृषि प्रशोधन तथा उत्पादनमूलक उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न आग्रह गरे ।