Sep 19 2024 | २०८१, असोज ३ गते

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु हुँदै

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु हुँदै

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु हुँदै

    काठमाडौँ  । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ। प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ प्रक्रिया अगाडि बढाउन मंगलबार बिहान ११ बजेका लागि संसदीय सुनुवाइ विशेष समितिको बैठक बोलाइएको छ। मंगलबारको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वानको निर्णय गर्ने सम्भावना छ।

    images
    images

    समितिले उजुरी आह्वान गरे सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।  साउन १८ गते बसेको संवैधानिक परिषद्‌को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।

    श्रेष्ठ संसदीय सुनुवाइबाट अनुमोदन भएर प्रधानन्यायाधीश नियुक्त भएमा २०८१ असोजसम्म उक्त पदमा रहनेछन्। हरिकृष्ण कार्की साउन २० गते उमेर हदका कारण अवकाशमा गएपछि रिक्त प्रधानन्यायाधीशको पदमा श्रेष्ठको सिफारिस भएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट