images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सरकार र गौर हत्याकाण्ड पीडितबीच सहमति, आन्दोलन स्थगित

सरकार र गौर हत्याकाण्ड पीडितबीच सहमति, आन्दोलन स्थगित

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • सरकार र गौर हत्याकाण्ड पीडितबीच सहमति, आन्दोलन स्थगित
    काठमाडौँ । सरकार र गौर हत्याकाण्डका पीडित सङ्घर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । गौर हत्याकाण्डको छानबिन र कारबाहीको मागसहित आन्दोलनरत समितिले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए।
     
    सङ्घर्ष समितिका अध्यक्ष रुपसागर देवी उपाध्याय र गृह मन्त्रालयबीच आज मंगलबार पाँच बुँदे सहमति भएको हो । मन्त्रालयका तर्फबाट सहसचिव एवं प्रवक्ता भट्टराई र सङ्घर्ष समितिका अध्यक्ष उपाध्यायले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 
     
    सहमतिपत्रमा अनुसार गौर घटनाको विषयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने भनिएको छ । यस्तै, उक्त घटनामा मृत्युवरण गरेर सहिद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने र छुटेकालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको छ । 
     
    रौतहट जिल्लामा सहिद स्मारकस्तम्भ निर्माणको प्रक्रिया चालु आर्थिक वर्षमा अघि बढाउने, घाइते भएका उपचाररत व्यक्तिलाई उपचारको लागि उचित प्रबन्ध तथा आर्थिक सहायता उपलब्ध गराउनेमा सहमति भएको हो । 

     

    images
    images
    images

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार