Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

महामन्त्री शर्माकाे आक्रोश : सदन कति दिनका लागि चलेको हो ?

महामन्त्री शर्माकाे आक्रोश : सदन कति दिनका लागि चलेको हो ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • महामन्त्री शर्माकाे आक्रोश : सदन कति दिनका लागि चलेको हो ?

    काठमाडौँ । कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गर्दै आएकोप्रति आक्रोश पोखेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले प्रश्न गरे,’आज सदन चलेको हो भने कति दिनको लागि हो ? हामीले कसलाई सोध्नुपर्ने हो ? हामी सत्तापक्षका सांसदको प्रश्न गर्ने थलो चाहिँ रत्नपार्क हो ? सदन बन्द गरेर होइन, हामी हरेक प्रश्नको निदान छलफलबाट गरौँ।
    सदन अवरुद्ध नपारौँ। जनतालाई सदन बन्द हैन, राज्यका निकायले गहिरोसँग अनुसन्धान गरेको तथ्यको चित्रण चाहिएको छ।’

    images
    images
    images

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएकोमा आज भने गृहमन्त्रीको सम्बोधन सुन्नको लागि भन्दै सदन चल्न दिएको छ।

    सुन तस्करी अनुसन्धानको प्रसंगमा सांसद शर्माले सदन अवरोध नगरी अनुसन्धान गरेर निष्कर्षमा पुग्न आग्रह गरेका छन्। उनले भने, ‘सुन तस्करी प्रकरणमा हामीले आफैप्रति अविश्वास गर्दैछौँ, के सिआइबीप्रति अविश्वास हो ?’

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार