images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

एमालेलाई पौडेलको आग्रह : राज्यका स्थापित निकायको काममाथि अविश्वास नगर्नुस्

एमालेलाई पौडेलको आग्रह : राज्यका स्थापित निकायको काममाथि अविश्वास नगर्नुस्

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • एमालेलाई पौडेलको आग्रह  : राज्यका स्थापित निकायको काममाथि अविश्वास नगर्नुस्

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राज्यका स्थापित निकायको काममाथि अविश्वास नगर्न प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई आग्रह गरेका छन् ।

    images
    images
    images

    मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सुन तस्करी प्रकरणमा राज्यका स्थापित निकायले अनुसन्धान गरिरहेकाले त्यसलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।

    ‘नेपाल सरकारले निष्पक्षतापूर्वक संविधानमा व्यवस्था गरिरएका निकायहरुलाई सक्रिय बनाएर भ्रष्टाचार अनियमिततामा छानबिन अगाडि बढाइरहेको छ । प्रतिपक्षले सरकारलाई धन्यवाद दिनुपर्छ, नपुगेका कुरालाई रचनात्मक सुझाव दिनुपर्छ’ उनले भने ।

    प्रतिपक्षले जे कुरामा पनि डिस्टर्ब मात्र गर्न नहुने भन्दै उनले सुन तस्करी प्रकरणमा एमालेले सरकारलाई धन्यवाद दिनुपर्ने बताए ।

    ‘सबै कुरामा डिस्टर्ब गरियो भने राज्य चल्न सक्दैन, प्रतिपक्ष भनेको वेटिङ इन गभर्मेन्ट पनि हो, अर्को पटक सरकारमा तपाईहरु आउनुहुन्छ । अहिले छानबिन गरिरहेका निकायलाई तपाईंले प्रश्न गर्नुभयो भने भोलि सरकारमा आउनुभयो भने के भन्नुहुन्छ ?’ पौडेलले प्रश्न गरे ।

    ‘जुन ठाउँबाट छानबिन भएको छ, त्यो छानबिनको प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन दिऔं, त्यसपछि चित्त बुझेन भने यहाँहरुले प्रश्न उठाउन सक्नुहुन्छ । प्रक्रिया अगाडि बढिरहेका बेला बीचमै प्रश्न गरेर विषयान्तर गर्ने काम नगर्नका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु’ उनले भने ।

    उनले प्रश्न गरे, ‘एउटा सर्जनले थिएटरभित्र बिरामीको अपरेशन गरिरहेका बेला अर्को डाक्टर ढोका फोडेर गयो भने के होला ?’

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार