राष्ट्रपति पौडेलसँग युरोपेली युनियनका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग युरोपेली युनियनका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गरेकी छन्।
आज मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र युरोपेली युनियनबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली युनियनले नेपालको विकास साझेदारका रूपमा पु¥याएको सहयोगका लागि धन्यवाद दिएको सो विज्ञप्तिमा जनाइएको छ ।