images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

कैलालीमा अधिक वर्षाः मुलुकभर वर्षा अझै जारी नै रहने

कैलालीमा अधिक वर्षाः मुलुकभर वर्षा अझै जारी नै रहने

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • कैलालीमा अधिक वर्षाः मुलुकभर वर्षा अझै जारी नै रहने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागकाे  मौसम पूर्वानुमान महाशाखाअनुसार पछिल्लो २४ घण्टामा कैलालीको चिसापानीमा सबैभन्दा धेरै वर्षा भएको छ । उक्त केन्द्रमा ४२४.२ मिलिमिटर वर्षा मापन भएको छ ।

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा देशभर मापन गरिएका २५२ वटा वर्षा मापनकेन्द्रमध्ये २३१ वटामा वर्षा भएको जनाएको छ ।

    विभागका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्मको अवधिमा उक्त वर्षा मापन गरिएको हो ।

    वर्षा मापन गरिएका केन्द्रहरुमध्ये आठवटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी र १५ वटा केन्द्रमा १५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो ।

    वर्षा अझै जारी नै रहने जनाउँदै विभागले सजगता अपनाउन आग्रह गरेकाे छ । विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ।

    मधेश, बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि उल्लेख गरिएकाे छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन  अनुरोध गरिएकाे छ।

    विभागले आज केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ। मधेश, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

    बुधबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

    बुधबार राती भने देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

    यसैंगरी विहीवार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

    साे दिनकाे राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार