Sep 19 2024 | २०८१, असोज ३ गते

विषालु च्याउ खाँदा राक्सिराङका छजना बिरामी

विषालु च्याउ खाँदा राक्सिराङका छजना बिरामी

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • विषालु च्याउ खाँदा राक्सिराङका छजना बिरामी

    मनहरी । जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित ६ जना बिरामी परेका छन् । राक्सिराङ–२ औडारका  २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष  चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको वडा नं २ का वडाध्यक्ष बुद्धराम लामाले बताए । विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् ।
    च्याउ खाएपछि बान्ता आउनेलगायत समस्या भएपछि उनीहरुलाई सरिखेत स्वास्थ्य चौकीमा उपचार समान्य उपचार गराई आइसियु सहितको थप उपचार आवश्यक परेकाले  भरतपुर पठाइएको  त्यहाँका प्रमुख प्रकाश कार्कीले बताए । 

    images
    images

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार