Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन

समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले परिणाम निकाल्ने र जनताले राहत पाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    images
    images
    images

    मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज मन्त्रालयमा सम्बोधन गर्दै उनले समीक्षा बैठकका केवल बैठकमा मात्र सीमित हुन भएन र त्यसबाट नेपाली जनताले के पाउँछ भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए । कतिपय आयोजनाको कार्यप्रगति ४० प्रतिशतभन्दा कम हुनु शोभनीय नभएको उल्लेख गर्दै किन त्यसो भयो, समयमा किन समाधान गरिएन भन्ने विषयमा समेत स्पष्ट खोजबिन गर्नुपर्ने उनको भनाइ छ ।

    कमजोर कार्यसम्पादन भएका आयोजनाको समग्र पक्षको खोजी गरी आगामी दिनमा समयमै समस्याको निरुपण गर्न र काम कारबाहीलाई तीव्रता दिन उनले मातहतका निकाय र विभागलाई निर्देशन दिए ।

    उनले प्रक्रियागतरुपमा रहेको कमजोरी सुधार गर्न, कार्यशैलीमा परिवर्तन गर्न आग्रह गर्दै भने, “आफ्नो काम गर्ने शैलीमा सुधार गर्नुस् । सक्रियतापूर्वका कार्य सम्पादन गर्ने वातावरण बनाउनुस् । त्यसबाट मुलुक र जनताले बढीभन्दा बढी लाभ हासिल गर्न सकून् ।” मन्त्री बस्नेतले मनोगत तरिकाले योजना छनोट गर्दासमेत अपेक्षित परिणाम निस्कन नसकेको उल्लेख गर्दै आगामी दिनमा यसको वस्तुनिष्ठ समाधान हुनुपर्ने धारणा राखे ।

    कतिपय आयोजनामा संस्थागत क्षमता नभएर पनि पछाडि परेको तथा कतिपयमा कर्मचारीको उचित प्रबन्ध हुन नसकेको तथा कतिपयमा प्रक्रियागत कमजोरीका कारण पनि जटिलता पैदा भएको भन्दै उनले त्यसमा तत्काल सुधार गर्न र आगामी दिनमा विगतको समस्या नदोहोरिने गरी काम हुनुपर्ने बताए ।

    यस्तै, भौतिक पूर्वाधारको काम गुणस्तरीय भए नभएकामा समेत विशेष ध्यान दिनसमेत उनले मातहतका सबै निकाय र त्यसका प्रमुखलाई निर्देशन दिए । उनले समस्याको चाङ मात्र देखाउने र समाधानको उपाय नखोज्ने प्रवृत्ति मौलाएको भन्दै मातहतका निकायले आफूले समाधान गर्न सक्ने समस्या आफैँ हल गर्नुपर्ने र नसक्ने मात्रै माथि ल्याउन जरुरी रहेको बताए । उनले समीक्षा गर्ने भनेको तथ्याङ्क सङ्कलन गर्ने मात्र नभई प्रतिफल प्राप्त भयो कि भएनसमेत हेर्नुपर्नेमा जोड दिए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट