Sep 19 2024 | २०८१, असोज ३ गते

६ नाल भरुवा बन्दुक बरामद

६ नाल भरुवा बन्दुक बरामद

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • ६ नाल भरुवा बन्दुक बरामद

    बागलुङ । बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरेकाे छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । 

    images
    images

    गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार