Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

हृदय विदारक घट्ना : मुकदर्शक अमानवहरुका कारण विश्वजीत श्रेष्ठकाे गयाे ज्यान

हृदय विदारक घट्ना : मुकदर्शक अमानवहरुका कारण विश्वजीत श्रेष्ठकाे गयाे ज्यान

सिन्धुपाल्चोकमा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका दोलखाको बैतेश्वर ७ मार्वुका २३ वर्षीय विश्वराज श्रेष्ठले मुकदर्शक मानिसको भिडकै अगाडी छटपटिदै उद्दारको याचना गरिरहे तर त्यहा भएका मानिस मोबाइलमा भिडियो खिच्नमा मात्र ब्यस्त भए । घटनास्थलमा छट्पटीरहेका उनले केही घण्टापछि साँगा पुग्दा नपुग्दै प्राणत्याग गरे ।

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • हृदय विदारक घट्ना : मुकदर्शक अमानवहरुका कारण विश्वजीत श्रेष्ठकाे गयाे ज्यान

    सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ७ स्थित १६ किलोमा मंगलबार बस र मोटरसाइकल आपसमा ठोक्किँदा देखिएको हृदयविदारक तस्बिर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । बस र मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भई खुट्टाबाट सडक नै रगताम्मे हुने गरी रक्तस्राव भइरहेका दोलखा बैतेश्वर गाउँपालिका– ७ का २३ वर्षीय विश्वराज श्रेष्ठ दुर्घटना भएकै सडकमा झन्डै आधा घन्टा दुई हात टेकेर रुँदै सहयोगको याचना गरिरहेका थिए । तर, घटनास्थलमा उभिएको भिडले उनको उद्धारमा चासो गरेन, उल्टै केही मानिस त्यो हृदयविदारक तस्बिर र भिडियो खिच्न लागिरहेको देखिन्छ ।

    images
    images
    images

    जीवनको याचना गरिरहेका रहेका सडक दुर्घटनाका घाइतेको उद्दार गर्नुको साटो सडक किनारामा बसेका मान्छेहरू मोबाइलबाट दृष्य कैद गर्न व्यस्त देखिएको एउटा फोटो अहिले भाइरल भइरहेको छ ।

    सिन्धुपाल्चोकमा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका दोलखाको बैतेश्वर गाउँपालिका-७ मार्वुका २३ वर्षीय विश्वराज श्रेष्ठले मुकदर्शक मानिसको भिडकै अगाडी छटपटिदै ढिलोगरी उद्दार हुँदा केही घण्टापछि साँगा पुग्दा प्राण त्याग गरे ।  उनको उद्धार गर्न एकजना पनि अघि सरेनन् ।

    मंगलबार दिउँसो करिब साढे १ बजे काठमाडौंबाट दोलखा आउँदै गरेको पूर्व अरनिको यातायातको बा. ३ ख ५३०८ नम्बरको बसले दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३-०२-०१३ प ३५८६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

    लामोसाँगु जिरी सडकको सिन्धुपाल्चोकस्थित १६ किलो सडक खण्डमा दुर्घटनामा श्रेष्ठ गम्भीर घाइते भए । खुट्टा भाँचिएको थियो र रक्तश्राव भइरहेको थियो । बेलैमा कसैले उनलाई उद्धार गरेर अस्पतालसम्म लगेको भए बाँच्न सक्थे भन्ने फोटो हेर्दा पनि थाहा हुन्छ ।

    तर, बसमा सवार यात्रु र स्थानीयवासीले घाइतेलाई उद्धार गर्नुको सट्टा मुकदर्शक बनेर हेरिरहे भने केहीले भिडिओ खिच्न थाले । घाइते श्रेष्ठको बायाँ खुट्टा काम नलाग्ने गरी भाँचिएको थियो । उनको शरीरबाट बगेको रगतले सडक रक्ताम्य थियो ।

    उनले मोटरसाइकल चलाउँदा पछाडि भिरेको कालो झोला बीच सडकमा थियो । खुट्टा नचलेपछि सडक किनारमा दुवै हात पछाडि टेकेर उद्धारको याचना गरिरहेका श्रेष्ठलाई कसैले पनि उद्धार गरेनन् । मानिसहरू तस्वीर र भिडिओ खिच्न व्यस्त थिए भने कोही कम्मरमा हात समाएर बसेको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    त्यो भिड यतिसम्म निर्दयी र मानवतताशून्य थियो कि, कोही कसैले पनि घाईते श्रेष्ठको रगत बगिरहेको खुट्टामा कपडाले भएपनि बेरेर रक्तश्राव रोक्न सहयोग गरेनन् । दुर्घनास्थलबाट करिव एक किलो मिटरको दूरीमा रहेको पाखर प्रहरी चौकीका प्रहरीसमेत ढिलोगरी घटनास्थल पुगेका थिए ।

    प्रहरी पुग्दासम्म श्रेष्ठको शरीरबार धेरै रगत बगिसकेको थियो । बसमा सवार यात्रुका अनुसार घाइतेले हेलिकप्टर मगाइदिन आग्रहसमेत गरेका थिए । उनको आग्रहलाई बसका यात्रु, स्थानीय र प्रहरीले सुनेको नसुने झैं गरे ।

    ढिलोगरी घटनास्थल पुगेको प्रहरीले पनि घाइतेको उद्धार गर्न छाडेर तस्वीर र भिडिओ खिच्न लाग्यो । घटना मुचुल्का बनाएर मात्रै घाइतेलाई अस्पताल पठाइयो । यो बीचमा दुर्घटना स्थल हुँदै गुड्ने सवारीका साधनले समेत घाइतेलाई उद्धार गरेनन् । दुर्घटनाका घटनामा घाइतेलाई पहिले उद्धार गरेर बाँकी प्रक्रिया अघि बढाउनु पर्दछ । घाइतेको जीवन रक्षापहिलो प्राथमिकता हो । तर, सिन्धुपाल्चोक दुर्घटनामा प्रहरी समेत घाइतेलाई समयमा उद्धार गर्न चुकेको देखिएको छ ।

    ढिला गरी घाइतेलाई घटनास्थलबाट केही किलोमिटरको दूरीमा रहेको सिन्धुसदाबहार अस्पतालमा पुर्‍याइएकव थियो । सो अस्पतालका डा. देवेन्द्र गौतमले निकै ढिला गरी घाइतेलाई अस्पताल ल्याएको रतत्कालै काठमाडौं रिफर गरेको बताए ।

    उनका अनुसार घाइतेको समयमै उपचार हुननसक्दा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो । सिन्धु सदावहार अस्पतालले रिफर गरेका घाइते श्रेष्ठ भक्तपुरको साँगापुग्दा समेत बोल्दै गरेको उद्धारमा संलग्नहरूले बताएका छन् । तर, बीएण्डबी अस्पताल पुर्‍याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

    श्रेष्ठ वैदेशिक रोजगारीको क्रममा फ्रान्स जानका लागि कागजात लिएर काठमाडौं जाने क्रममा दुर्घटनामा परेका हुन् ।

    दुर्घटना भएको झन्डै आधा घन्टापछि प्रहरी चौकी लिसंखुपाखरका प्रहरी सहायक निरीक्षक नेत्र काफ्लेको टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरीले लिसंखुपाखर गाउँपालिका– ६ को एम्बुलेन्स मगाएर घाइते श्रेष्ठलाई खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुर्‍याएको थियो । अस्पतालले रक्तस्राव रोक्न नसक्ने र तत्काल काठमाडौं लैजान भनेपछि श्रेष्ठलाई काठमाडौं लगिएको थियो ।

    दुईजना प्रहरीले एम्बुलेन्समा काखमा राखेर लगिरहेका विश्वराज बाटोभरि छटपटाउँदै प्रहरी र एम्बुलेन्सचालकलाई अंकल गाडी छिटो हाँक्नु न मलाई छिटो अस्पताल पुर्‍याउनु भन्दै रोइरहेका थिए । अत्यधिक रक्तस्रावका कारण विश्वराजले काभ्रेको साँगा पुग्दा नपुग्दै देहत्याग गरे । प्रहरीका अनुसार उनलाई धुलिखेल अस्पताल राख्न खोजिएको थियो, तर परिवारका सदस्यले बी एन्ड बी अस्पताल नै ल्याउन भनेपछि धुलिखेल अस्पताल गेटबाटै फर्काइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख मुकेश न्यौपानेले बताए । 

     रोजगारीका लागि आवश्यक कागजात बोकेर काठमाडौं हिँडेका छोराको मृत्यु भएपछि बुबा विष्णु श्रेष्ठ र आमा बुना श्रेष्ठ मंगलबारदेखि नै बेहोस छन् । विष्णुका दुवै छोरी अचेत भएपछि काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको बैतेश्वर–७ दोलखाका वडाध्यक्ष मीनकुमार सिवाकोटीले जानकारी दिए । बुधबार साँझ पोस्टमार्टमपछि पशुपति आर्यघाटमा विश्वराजको दाहसंस्कार गरिएको उनले बताए ।

    प्रहरी भन्छ– दुर्घटनाको जानकारी नै ढिला आयो

    इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले दुर्घटनाको खबर नै प्रहरीलाई ढिलो आएको जानकारी दिए । ‘हामीलाई खबर नै ढिलो गरी प्राप्त भयो, खबर पाएको पाँच मिनेट नपुग्दै प्रहरी घटनास्थल पुगेको छ,’ उनले भने । प्रहरी पुग्नासाथ लिसंखुपाखर– ६ को एम्बुलेन्स मगाएर घाइतेलाई अस्पताल पठाइएको न्यौपानेको भनाइ छ । उनले प्रहरीले अधिकतम प्रयास गर्दा पनि घाइते श्रेष्ठको निधन भएकोमा आफूहरूलाई दुःख लागेको बताए ।

    बैतेश्वर गाउँपालिका– ७ का वडाध्यक्ष मीनकुमार सिवाकोटीले बसले ठक्कर दिएर मान्छे मर्दा पनि यातायात समितिले चासो नदिएको बताए । बसका चालकले सोही बस प्रयोग गरेर घाइतेलाई अस्पताल लगेको भए यो अवस्था नआउने उनको भनाइ छ । ‘गाडीले किचेर मान्छे मर्दा पनि यातायात समिति बेखबर हुनु दुर्भाग्य हो । मृतकको परिवार यातायात समिति खोज्दै हिँड्नुपर्ने, सयौँ मान्छेहरू घाइतेको उद्धार गर्न छाडेर रमिता हेरिरहने, उल्टै फोटो–भिडियो खिचेर बस्दै गर्दा यो समाज कता जाँदै छ भन्नेमा गम्भीर समीक्षा गर्ने समय आएको छ,’ सिवाकोटीले भने । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट