Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

निर्माण व्यवसायीहरुकाे अन्दाेलनमा प्रहरी धरपकड ! ४६ जना व्यवसायी गिरफ्तार

निर्माण व्यवसायीहरुकाे अन्दाेलनमा प्रहरी धरपकड ! ४६ जना व्यवसायी गिरफ्तार

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • निर्माण व्यवसायीहरुकाे अन्दाेलनमा  प्रहरी धरपकड !  ४६ जना व्यवसायी गिरफ्तार

    काठमाडौं । सडक विभाग र सिचाईं विभागअघि धर्ना दिन गएका ४६ जना निर्माण व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    म्याद थप र भुक्तानीलगायतका विषयलाई लिएर निरन्तर आन्दोलनमा रहेका निर्माण व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

    नेपाल निर्माण व्यवसायी महासंघले निरन्तर आफूहरुले पाउनुपर्ने ५० अर्बको भुक्तानीलगायतका विषयलाई लिएर आन्दोलन गरिरहेको छ । सोही क्रममा आइतबार सिचाईं विभाग र सडक विभागअघि धर्ना दिन पुगेका निर्माण व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    महासंघका महासचिव रोशन दाहालकाअनुसार प्रहरीले धर्नाका लागि गएका ४६ जना निर्माण व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ‘पूर्वनिर्धारित कार्यक्रमअनुसार धर्ना दिन गएका हामीलाई पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ’ उनले भने ।

    महासंघले पछिल्ला केही दिनयता निरन्तर आन्दोलन गरिरहेको छ । यसअघि प्रधानमन्त्री निवासलगायतका विभिन्न ठाउँमा व्यवसायीहरुले आन्दोलन गरेका थिए । व्यवसायीहरुले सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन गर्नुपर्ने, भुक्तानीको रकम पाउनुपर्ने, ठेक्काको एकमुष्ट म्याद थप गर्नेलगायतका विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट