Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

पाेखरा र भरतपुरका उडान रद्द, तीन अन्तराष्ट्रिय विमान डाइभर्ट

पाेखरा र भरतपुरका उडान रद्द, तीन अन्तराष्ट्रिय विमान डाइभर्ट

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • पाेखरा र भरतपुरका उडान रद्द, तीन अन्तराष्ट्रिय विमान  डाइभर्ट

    साउने  झरीकाे वर्षाका  कारण पोखरा र भरतपुरबाट हुने सम्पूर्ण उडान स्थगित गरिएका छन् ।  निरन्तर वर्षाका कारण देशभरको उडान प्रभावित भइरहेकाे नागरिक उड्‍डयन प्राधिकरणले जनाएकाे छ । गएरातिदेखिको वर्षात्को कारण मौसम खुल्न नसक्दा उडान प्रभावित भएको हो ।

    images
    images
    images

     पोखरा विमानस्थलबाट हुने सबै उडान रद्द भएको छ । यस्तै, भरतपुर विमानस्थलबाट पनि वर्षात्को कारण बिहानदेखि कुनै उडान हुन सकेको छैन । भरतपुरमा मौसम खुल्नासाथ उडानका लागि अहिले ‘स्टान्डबाई’ अवस्थामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

     यसै‌गरी अन्तराष्ट्रिय उडान पनि प्रभावित भएकाे छ ।  चीनबाट आएका इयर चाइना र सिचुवान एयरले मौसम प्रतिकूल हुँदा चीनतर्फ डाइभर्ट गरिएका छन् । 

    यस्तै, भारतको दिल्लीबाट आएको जहाज पनि बनारस डाइभर्ट भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार