Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा

कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा

    काठमाडौँ । गत बैशाखमा लिइएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरेको हो । बोर्डको अनुसार उत्तरपुस्तिका परीक्षण सकिएर डाटा इन्ट्री गराउने काम पनि सम्पन्न हुन लागेको छ ।

    images
    images
    images

    वार्षिक परीक्षा सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म ४ सय ५३ केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । परीक्षा गत बैशाख २६ गतेदेखि सुरु भएर जेठ ५ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थीहरुले फारम भरेका थिए ।

    सरकारले ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै एनजी (ननग्रेडेड) आएका विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेपछि देशभरका ५८ हजार विद्यार्थी यसबाट लाभान्वित भएका थिए ।

    मन्त्रीस्तरीय बैठकले विद्यार्थीहरुले २ वा सो भन्दा कम विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यसभन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र ३ वर्षसम्म परीक्षा दिन पाउने निर्णय गरेको हो ।

    यो निर्णयपछि २ विषयभन्दा माथि विषयमा एनजी लाग्दा विद्यार्थीहरुलाई कक्षा दोहो-एर पढ्न झन्झट हुने भएकोले पढाई छाड्ने विद्यार्थीहरुको लागि निकै लाभ हुने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट