Sep 19 2024 | २०८१, असोज ३ गते

बर्सातले सडक बिग्रँदा जनजीवन कष्टकर

बर्सातले सडक बिग्रँदा जनजीवन कष्टकर

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • बर्सातले सडक बिग्रँदा जनजीवन कष्टकर

    भोजपुर । निरन्तरको बर्सातले पूर्वी पहाडी जिल्ला भोजपुरकाठाउँठाउँमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । सडक हिलाम्य हुँदा ग्रामीण भेगमा नुन, तेल, चामललगायत खाद्य वस्तुको समेत अभाव हुन थालेको स्थानीयको भनाइ छ । 

    images
    images

    सदरमुकामबाट ग्रामीण भेगसम्म पुग्ने प्रायः सबै सडक बिग्रिएकाले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको समेत अभाव भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय लोकबहादुर मगरले बताए । बाढीले सडक बगाएकाले  आपत्विपत् तथा बिरामी हुँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

    “निरन्तरको झरीले गाउँको जनजीवन प्रभावित बनेको छ”, उनले भने, “नुन, तेल तथा खाद्य साम्रग्री गाउँघरका पसलमा नपाउने अवस्था छ । बर्सातले सबै बाटो बगाएकाले बिरामीलाई अस्पतालसम्म पु-याउन सक्ने अवस्था छैन ।”

    भोजपुर सदरमुकामबाट हतुवागढी, रामप्रसादराई, साल्पासिलिछो र आमचोक गाउँपालिका तथा षडानन्द नगरपालिकाका विभिन्न ठाउँमा बाढीपहिराका कारण यातयात सेवा सञ्चालनमा समस्या भएको व्यापारी शिवकुमार विष्टले जानकारी दिए । बर्सातले सडक अवरोध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न नसकेको उनको भनाइ थियो । “बर्सातले ग्रामीण भेगको जनजीवन प्रभावित भएको छ”, उनले भने, “निरन्तरको झरीले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या छ । सडक ठाउँठाउँमा पहिरो गएकोले हप्तौँबाट सामग्री ढुवानी गर्न सकिएको छैन ।”

    अविरल वर्षाका कारण बारीमा बेच्न तयार भएका तरकारी कुहिएर जान थालेको पौवादुङका कृषक धनकुमार राईले बताए । “बर्सातले कृषकहरुलाई थप समस्या थपिएको छ”, उनले भने, “उत्पादन भएको तरकारी  बजारसम्म पु-याउन नसक्दा बारीमा कुहिएर जान थालेका छन् ।” लेकाली भेगमा उत्पादन भएको आलु कुहिएर नष्ट भएको कृषक लाक्पा शेर्पाको भनाइ छ । बजारमा लगेर बिक्री गर्ने समयमा बर्सातले बाटो बिग्रिएपछि आलु कुहिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट