Sep 19 2024 | २०८१, असोज ३ गते

नारायणीमा पानीको बहाव बढ्यो, गण्डक ब्यारेजका सबै ढोका खोलिए

नारायणीमा पानीको बहाव बढ्यो, गण्डक ब्यारेजका सबै ढोका खोलिए

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • नारायणीमा पानीको बहाव बढ्यो, गण्डक ब्यारेजका सबै ढोका खोलिए

    काठमाडौं । नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको हो । पानीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी अमित खड्काले जानकारी दिए ।

    images
    images

    ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको खड्काले जानकारी दिए । ब्यारेजका संरचना निकै नै पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ । नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको त्यहाँस्थित पत्रकार मुक्ति अधिकारीले जनाएका छन् ।

    प्रहरी प्रशासनलाई सम्भावित दुर्घटनाका लागि जिल्लामा तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट