Sep 19 2024 | २०८१, असोज ३ गते

उपराष्ट्रपति यादव आज चीन प्रस्थान गर्दै

उपराष्ट्रपति यादव आज चीन प्रस्थान गर्दै

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • उपराष्ट्रपति यादव आज चीन प्रस्थान गर्दै

    काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज जनवादी गणतन्त्र चीनको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन् । 

    images
    images

    सातौँ चीन दक्षिण एशिया प्रदर्शनी तथा २७औँ चीन (कुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनि चीन प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    चीनको कुनमिङमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म उक्त प्रदर्शनी आयोजना हुँदैछ । उपराष्ट्रपति यादव आज अपराह्न १६ः२५ बजे चाइना इस्टर्न एयरलाइन्सको नियमित उडानबाट कुनमिङ प्रस्थान गर्नेछन् ।

    भ्रमण दलमा उपराष्ट्रपतिका धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक सिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र  सहसेनानी भीमसेन देवकोटा सहभागी छन् । उपराष्ट्रपति आगामी भदौ ४ गते स्वदेश फर्कनुहुने उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट