Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

राजस्वले बरामद गरेको करीब सय किलो सुन चार सातापछि जोखिँदै

राजस्वले बरामद गरेको करीब सय किलो सुन चार सातापछि जोखिँदै

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • राजस्वले बरामद गरेको करीब सय किलो सुन चार सातापछि जोखिँदै

    काठमाडौं। राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको करिब सय किलो सुन जोख्ने प्रक्रिया सुरु गर्न पत्राचार गरिएको छ।

    images
    images
    images

    टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार बरामद सुन जोख्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेको छ।

    राजस्व विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ।

    बरामद सुन कति छ भन्ने यकिन भइसकेको छैन। ब्रेक सु प्याकिङसहित जोख्दा १५५ किलो भएको छ। तर, त्यसमध्ये सुन कति छ भन्ने छुट्टिएको छैन।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार