Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

मेडिकल काउन्सिलको गलत सूचनाले पक्राउ परेका थिए सक्कली डाक्टर

मेडिकल काउन्सिलको गलत सूचनाले पक्राउ परेका थिए सक्कली डाक्टर

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • मेडिकल काउन्सिलको गलत सूचनाले पक्राउ परेका थिए सक्कली डाक्टर

    मेडिकल काउन्सिलको गलत सूचनाले नक्कली डाक्टरको अपरेशनमा सक्कली डाक्टर पक्राउ परेको पुष्टि भएको छ ।  

    images
    images
    images

    मेडिकल काउन्सिलले गलत सूचना दिँदा नक्कली डाक्टरको ठाउँमा सक्कली डाक्टर पक्राउ परेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले बताइन् । ‘हामीले काउन्सिलले दिएको सूचनाका आधारमा पक्राउ परेका हौं तर, उनीहरूले गलत मान्छेको सूचना दिएका रहेछन्,’ एआईजी बज्रचार्यले भनिन् ।  

    काउन्सिलले यथार्थ बाहिर आएपछि २८ गते सीआईबीलाई पत्र लेखेर ‘भूलबस’ भनेर जवाफ पठाएको थियो । 

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली डाक्टरको अपरेशनमा महात्तरी पिपरा–८का ३२ रञ्जित कुमार यादवलाई असार २५ गते भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको थियो । करिब ४ दिन हिरासतमा बसेपछि आइतवार उनी सक्कली डाक्टर भएको पुष्टि भएको थियो ।


    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार