Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

भेरी नदीमा पानीको बहाव बढ्यो,तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

भेरी नदीमा पानीको बहाव बढ्यो,तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • भेरी नदीमा पानीको बहाव बढ्यो,तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

    जाजरकोट । भेरी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ । रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापकका अनुसार नदीमा बहाव बढ्दो क्रममा रहेकाले आवश्यक सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको हो ।

    images
    images
    images

    अहिले भेरी नदीमा पानीको बहाव सात दशमलव ६९ मिटर पुगेपछि महाशाखाले अनुरोध गरेको छ । भेरी नदीमा सात मिटर पानी आएमा चेतावनी र आठ मिटर पुगे खतरा मानिन्छ । 

    अझै पानीको बहाव बढिरहेकाले भेरी पुलदेखि तल्लो तटिय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ । भेरी नदीको तल्लो तटिय क्षेत्रमा रानीघाट, पाग्म, चेपाङ, तिखाकुना लगायतका बस्ती रहेका छन् । स्थानीय प्रशासनले पालिकाको समन्वयमा ती क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ । 

    त्यस्तै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भेरी करिडोरभित्र बग्ने भेरी नदीको पानीको बहाव पनि बढेको छ । सबै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको प्रजिअ सुनारले बताए। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार