Sep 20 2024 | २०८१, असोज ४ गते

बिल आएको १५ दिनभित्र सबै दायित्वको भुक्तानी गरिने, निर्माण व्यवसायीसँग अर्थमन्त्रीले जनाए प्रतिबद्धता

बिल आएको १५ दिनभित्र सबै दायित्वको भुक्तानी गरिने, निर्माण व्यवसायीसँग अर्थमन्त्रीले जनाए प्रतिबद्धता

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • बिल आएको १५ दिनभित्र सबै दायित्वको भुक्तानी गरिने, निर्माण व्यवसायीसँग अर्थमन्त्रीले जनाए प्रतिबद्धता

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले तिर्नुपर्ने गरी सिर्जना भएको दायित्वको भुक्तानी गर्ने बताएका छन् । सोमबार भुक्तानी नपाएको भन्दै आन्दोलन गरिरहेका निर्माण व्यवसायीसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images

    ‘हामीले दायित्व सिर्जना भएका विषयमा भुक्तानी दिनैपर्छ,’ उनले भने,`बिल उठाएका सबै भुक्तानी हुन्छ ।’ सम्बन्धित मन्त्रालयले फाइल नपठाउँदा केही भुक्तानीमा समस्या भएको उनले बताए ।

    ‘सम्बन्धित मन्त्रालयले बिल उठाएको १ महिनापछि मात्रै अर्थ मन्त्रालयमा फाइल पुग्छ,’ महतले भने, ‘मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छौं । तर, बिल नबनेका विषयमा अर्थ मन्त्रालयले केही गर्न सक्दैन ।’

    कुनै ठेक्काको बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा सरकारले त्यस्ता आयोजनाको ठेक्का तोड्ने अर्थमन्त्री महतले बताए ।

    ‘कतिपय आयोजनामा ठेक्का तोड्न नसकिने अवस्थामा त्यसलाई बजेट व्यवस्थापन गरेर जतिसक्दो चाँडै काम सम्पन्न गरौं । काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ । जतिबेला बजेट हुन्छ, त्यतिबेला ठेक्का लाग्छ,’ अर्थमन्त्री महतले भने ।

    सरकारलाई अनावश्यक दायित्व सिर्जना हुनेगरी अब आयोजनाको समय थप नगर्ने बरु हालसम्म भएको कामको भुक्तानी गरेर ठेक्का तोडने पनि अर्थमन्त्री महतको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट